बागमती विश्वविध्यालयको आयोजनामा ” नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रदेश विश्वविद्यालय व्यवस्थापन र समन्वय” बिषयक
दुई दिने कार्यशाला गोष्ठी हेटौडामा सम्पन्न भएको छ । नेपाल सरकारका माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यूको प्रमुख आतिथ्यता र बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री किरण थापामगरज्यूको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्रीज्यूहरु, राष्ट्रिय योजना आयोगका माननीय सदस्यज्यूहरु, विश्वविध्यालय अनुदान आयोगका अध्यक्षज्यू , त्रि बि का उपकुलपतिज्यू , सात वटा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिवज्यूहरु, प्रदेश सरकारद्वारा स्थापित सबै विश्वविध्यालय तथा प्रतिष्ठानका पदाधिकारीज्यूहरु, बागमती प्रदेश नीति योजना आयोगका माननीय उपाध्यक्षज्यू लगायत विभिन्न शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो |
माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यूले बागमती विश्वविध्यालयले उच्च शिक्षामा राम्रो पाठ्यक्रम र पठनपाठनको शुरुवात गरेको बिषयमा प्रशंसा गर्दै, गोष्ठीमा प्रस्तुत गरिएका बिषयहरु, बिज्ञ प्रस्तुति, टिप्पणी र छलफलबाट आएको निष्कर्ष सहितको प्रतिबेदन शिक्षा मन्त्रालयमा पेश गर्न र सो कार्यन्वयन गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो |
बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूले बागमती विश्वविध्यालयले स्थापनाको छोटो समयमै राम्रो गति लिएको उल्लेख गर्दै प्रदेश सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिदै आगामी दिनमा थप गुणात्मक कार्यहरुको लागि आवस्यक सबै सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो |
बागमती प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री गिर बहादुर तामाङ ज्यूले बागमती विश्वविध्यालयलाई आगामी दिनमा थप उत्कृष्ट बनाउने प्रतिबद्दता ब्यक्त गर्नु भयो |
उक्त कार्यशालामा नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रदेश विश्वविद्यालय व्यवस्थापन र समन्वय” शीर्षकमा विश्वविध्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो र संघियता कार्यान्वयनसंगै उच्च शिक्षा प्रणालीका समस्या, चुनौती र समाधान राय सहित बिज्ञ डा खिमलाल देवकोटाले प्रस्तुति दिनु भएको थियो |
साथै प्रदेशगत रुपमा सबै प्रादेशिक विश्वविध्यालय तथा प्रतिष्ठानका उपकुलपतिज्यूहरु तथा सामाजिक मन्त्रालयका सचिवज्यूहरुले आ आफ्नो प्रदेशको शैक्षिक अवस्थाबारे प्रस्तुति दिनु भएको थियो |
प्रदेशगत प्रस्तुतिमा उठेका उच्च शिक्षा कार्यन्वयनसम्बन्धी बिषयमा कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्रीज्यूहरुले पूर्ण सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो |
विश्वविध्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा खड्ग के सीज्यूले उच्च शिक्षा सुधारका लागि सबै विश्वविध्यालयहरुको स्तरीय शैक्षिक गुणस्तर कायम गर्न अनुदान आयोगले कानुनी तथा अन्य कार्यक्रमहरुमा सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो |
त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा डा भोला थापाज्यूले प्रादेशिक विश्वविध्यालयहरुलाई त्रिविले आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो |
कार्यक्रम प्रदेश सरकारद्वारा स्थापित विश्वविध्यालय तथा प्रतिष्ठानका प्रमुख कार्यकारीहरुको प्रतिनिधित्व रहने गरि बागमती विश्वविध्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलको अध्य्क्षतामा प्रदेश विश्वविध्यालय फोरमको गठनसंगै समापन भएको थियो |
सो कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा अतिथिहरुलाइ विश्वविध्यालयका उपाध्यक्ष डा कुसुमराज सुबेदीज्युले स्वागत गर्नु भएको थियो |













