Call Us: +977-9855078254 - Mail Us: [email protected]
Call Us: +977-9855078254 - Mail Us: [email protected]

बागमती प्रदेश विश्वविद्यालय वार्षिक प्रतिवेदन (आ.व. २०८१/०८२), हेटौंडा मकवानपुर

सारांश :

बागमती प्रदेश विश्वविद्यालयको स्थापना नेपालको संविधानद्वारा प्रदत्त अधिकार अन्तर्गत उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिइएको सन्दर्भमा भएको हो । विश्वविद्यालय स्थापना सम्बन्धी पहल २०७५ सालमा अध्ययन समिति गठनसँगै शुरू भई २०७८ मा उच्च शिक्षा ऐन तथा २०७९ मा नियमावली जारी भएपश्चात २०८१ सालमा विधान जारी भई अन्तत: मिति २०८१/०२/२५ मा विश्वविद्यालय विधिवत रूपमा स्थापित भयो । संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) मिति २०८१/०२/२५ मा गठन भई प्रा.डा. चन्द्रमणि पौडेल अध्यक्षमा चयन हुनुभयो । समितिको २५ ओटा बैठकहरू सम्पन्न गरी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । विश्वविद्यालयको संरचनामा प्राज्ञिक परिषद् र कार्यकारी परिषद्, सो अन्तर्गतका संरचना रहने निर्णय भएका छन् ।

विश्वविद्यालय प्राज्ञिक परिषदले आ.व. २०८१/०८२ मा जम्मा ११ ओटा बैठकहरू सम्पन्न गरेको छ । हाललाई विश्वविद्यालयले ३ ओटा सङ्काय सञ्चालन गर्ने निर्णय लिएको छ । यी तिनवटै सङ्काय अन्तर्गत रहने गरी विश्वविद्यालय प्राज्ञिक परिषदले विभिन्न १० ओटा पाठ्यक्रमहरू तयार गरेको छ ।

(क) विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत निर्माण भएका पाठ्यक्रमहरू

  1. Bachelor of Civil Engineering (BE Civil)
  2. Bachelor of Computer Engineering (BE Computer)
  3. Bachelor of Environment Engineering and Waste Management (BE Environment)
  4. Bachelor of Pharmaceutics (B. Pharma)

(ख) व्यबस्थापन तथा कानुन सङ्काय अन्तर्गत निर्माण भएका पाठ्यक्रमहरू

  1. Master in Risk and Insurance Management (MRIM)
  2. Bachelor of Business Administration(BBA)
  3. Bachelor of Public Sector Management (BPM)
  4. Bachelor of Arts and Bachelor of Legislative Law (BALLB)

(ग) शिक्षाशास्त्र तथा सामाजिक विज्ञान सङ्काय अन्तर्गत निर्माण भएका पाठ्यक्रमहरू

  1. Bachelor of Education (B.Ed.)
  2. Bachelor of Information Technology (BIT)

थप ३ विषयका पाठ्यक्रमहरू निर्माणका चरणमा छन् ।

यस्तै विश्वविद्यालय कार्यकारी परिषदद्वारा तयार गरी विश्वविद्यालय सञ्चालनका लागि आवश्यक विभिन्न विनियमहरू निर्माण गरी संरक्षण समितिबाट समेत पारित गरी स्वीकृतिका लागि प्रदेश उच्च शिक्षा परिषद् समक्ष पेश गरी सकेको अवस्था छ । निर्माण भएका विनियमहरू:

१. बागमती प्रदेश विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी विनियम, २०८२

२. बागमती प्रदेश विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी विनियम, २०८२

३. बागमती प्रदेश विश्वविद्यालय आर्थिक प्रशासनसम्बन्धी विनियम, २०८२

विश्वविद्यालय केन्द्रीय कार्यालयको भवन निर्माणका लागि जग्गा खोज्ने प्रयाशहरू भएका छन् । डिपिआर निर्माणको पनि प्रयास भएको छ विश्वविद्यालयको कार्यक्षेत्र बागमती प्रदेशका १३ जिल्ला रहने हुनाले, विश्वविद्यालयले पहिलो चरणमा काठमाडौँ उपत्यका सहित अन्य जिल्लाहरूमा आङ्गिक क्याम्पशहरू स्थापना गर्ने प्रयत्न स्वरूप सार्वजनिक सूचनामार्फत आवेदन माग गरी, आवेदीत सामुदायिक क्याम्पशहरूको मूल्याङ्कनसमेत गरी स्वीकृतिका लागि प्रदेश सरकार समक्ष पेश गरेको छ । कार्यकारी परिषदले आ.व. २०८१/०८२ मा १८ ओटा बैठकहरू भएका छन् ।

विश्वविद्यालयको आफ्नै वेबसाइट र सूचना प्रणाली स्थापित छ भने संरक्षण समितिले आफ्नै कार्यालयबाट कार्यहरू सञ्चालन गरिरहेको अवस्था विद्यमान छ ।

विस्तृत विवरण: