अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यतर्फ बागमती विश्वविद्यालयको महत्वपूर्ण पहल ![]()
![]()
![]()
बागमती विश्वविद्यालय, नेपाल र सिटी युनिटी कलेज, एथेन्स, ग्रीस बीच शैक्षिक सहकार्य, अनुसन्धान तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा २२ सेप्टेम्बर २०२६ मा ग्रीसको राजधानी एथेन्समा हस्ताक्षर सम्पन्न भएको छ।
उक्त समझदारीपत्रमा बागमती विश्वविद्यालय, नेपालका व्यवस्थापन तथा कानून संकायका डिन डा. शिवराज अधिकारी तथा सिटी युनिटी कलेज, ग्रीसका महानिर्देशक श्री Georgios Athanasios Ntemos ले हस्ताक्षर गर्नुभएको हो।
नेपाल र ग्रीसबीचको मैत्रीपूर्ण सम्बन्ध तथा शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले भएको यस समझदारीपत्रले विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान तथा प्रकाशन, शैक्षिक गोष्ठी, सेमिनार तथा सम्मेलन, सहकार्यमा आधारित शैक्षिक कार्यक्रम, पाठ्यक्रम विकास, डिजिटल शिक्षा, उद्यमशीलता तथा व्यावसायिक विकास र सांस्कृतिक आदान–प्रदान लगायतका विविध क्षेत्रमा सहकार्यको आधार तयार गरेको छ।
पाँच वर्षका लागि गरिएको यस समझदारीले दुवै संस्थाबीच ज्ञान, अनुभव, प्रविधि र सीपको आदान–प्रदानलाई प्रवर्द्धन गर्दै शैक्षिक उत्कृष्टता, अनुसन्धान सहकार्य, अन्तर्राष्ट्रियकरण तथा संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यो सहकार्य बागमती विश्वविद्यालयको अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तार, विश्वस्तरीय संस्थाहरूसँग सहकार्य तथा नेपाली उच्च शिक्षालाई अन्तर्राष्ट्रिय आयामसँग जोड्ने दिशामा एक महत्वपूर्ण उपलब्धि हो।





