We don’t just give students an education and experiences that set them up for success in a career. We help them succeed in their career—to discover a field they’re passionate about and dare to lead it.
शुभकामना मन्तव्य
बागमती प्रदेश विश्वविद्यालयको आधिकारिक वेभसाइट शुभारम्भ भएको यस महत्त्वपूर्ण अवसरमा म विश्वविद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । आधुनिक प्रविधिको युगमा शिक्षालाई डिजिटल माध्यमबाट अझ प्रभावकारी बनाउने दिशामा यो कदम निकै महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएको छु ।
नेपालका विद्यार्थीहरूको आकांक्षा अनुरूप, यस विश्वविद्यालयले उत्कृष्ट, समावेशी, रोजगारमूलक, तथा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सफल होस् भन्ने कामना गर्दछ । साथै, आगामी शैक्षिक सत्रदेखि यस विश्वविद्यालयले १३ वटा पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्न लागेको खबर सुन्न पाउँदा अत्यन्त हर्ष लागेको छ । गुणस्तरीय, समावेशी र रोजगारमूलक उच्च शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढेको यस विश्वविद्यालयले विद्यार्थीहरूका लागि नयाँ अवसर सिर्जना गर्नेछ भन्ने अपेक्षा गर्दछु । पठनपाठनको औपचारिक शुभारम्भ गरी ज्ञान, अनुसन्धान, नवप्रवर्तन तथा व्यावसायिक शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने छ भन्ने विश्वास लिएको छु ।
शिक्षा सबै नागरिकको मौलिक अधिकार हो र यस विश्वविद्यालयको स्थापनाले विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच पुयाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसै सन्दर्भमा, विश्वविद्यालयको अभिवृद्धिका लागि प्रदेश सरकार सधैं सहकार्यका लागि तत्पर छ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
बागमती प्रदेश विश्वविद्यालयको निरन्तर प्रगति तथा सफलताको कामना गर्दै सम्पूर्ण विश्वविद्यालय परिवार तथा सरोकारवालाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
We aim to serve the Nepalese society by being a global institution of higher education in pursuit of academic excellence, innovation and nurturing entrepreneurship.
Bagmati University aims to advance learning, share knowledge and foster the skills that young men and women need to succeed as people and professionals in all spheres of life. Advance scientific research globally and meet the community’s needs by participating in sustainable economic, technical and human development.