वार्षिक प्रतिवेदन (आ. व. २०८२/८३)

बागमती विश्वविद्यालयले आफ्नो स्थापनाको दुई वर्ष पार गरेको छ । अझै पनि विश्वविद्यालय आफ्नो शैशवकालमा नै रहेको छ । बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८ बमोजिम प्रदेश सरकारद्वारा स्थापित यस सार्वजनिक विश्वविद्यालयले स्थापनाको दुई वर्षभित्रै ६ वटा सामुदायिक क्याम्पसहरूलाई आफ्नो आङ्गिक क्याम्पसको रूपमा समायोजन गरी आफ्ना तिनवटा सङ्कायहरू व्यवस्थापन तथा कानून, विज्ञान तथा प्रविधि र शिक्षाशास्त्र तथा सामाजिक विज्ञान सङ्काय अन्तर्गतका विषयहरूमा पठनपाठन सुरू गरी प्रथम सेमेष्टरको नतिजासमेत प्रकाशन गर्न सफल भएको छ ।
चालु तर्फ ५८।८८ र पुँजीगततर्फ २७।६८ वार्षिक बजेट खर्च भएको छ ।
आर्थिक वर्ष २०८२र०८३ का महत्वपूर्ण उपलब्धिहरूः
१. विश्वविद्यालयका विनियमहरूको स्वीकृति
प्रदेश उच्च शिक्षा परिषद््मा पेस भएका विश्वविद्यालय सञ्चालनका तीन वटा विनियमहरू प्रदेश उच्च शिक्षा परिषद््बाट मिति २०८२–०७–२० मा स्वीकृतः
(क) बागमती विश्वविद्यालय शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी विनियम, २०८२,
(ख) बागमती विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी विनियम, २०८२,
(ग) बागमती विश्वविद्यालय आर्थिक प्रशासन सम्बन्धी विनियम, २०८२ ।
२. क्याम्पस छनोट तथा समायोजन मापदण्ड प्रदेश उच्च शिक्षा परिषद््बाट मिति २०८२–०७–२० मा स्वीकृतः
(क) आङ्गिक क्याम्पस छनोट तथा समायोजन मापदण्ड, २०८२
३. बागमती प्रदेश सरकार मन्त्रीपरिषद्ले ६ वटा क्याम्पसहरूलाई विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन गर्न मिति २०८२–०८–०९ मा स्वीकृति ।
४. त्रिभुवन विश्वविद्यालय र बागमती विश्वविद्यालयबिच सम्झौता

विश्वविद्यालय केन्द्रीय कार्यालयको भवन निर्माणका लागि जग्गा खोज्ने प्रयासहरू भएका छन् । विश्वविद्यालयको आफ्नै वेबसाइट र सूचना प्रणाली स्थापित छ भने संरक्षण समितिले आफ्नै कार्यालयबाट कार्यहरू सञ्चालन गरिरहेको अवस्था विद्यमान छ । ६ ओटा क्याम्पसमा गरेर जम्मा ७ ओटा कार्यक्रमहरु चलेका छन् ।

विस्तृत विवरण